मुस्ताङमा निर्वाचन एकीकृत सुरक्षा योजना तयार

मुस्ताङमा निर्वाचन एकीकृत सुरक्षा योजना तयार

जोमसोम : मुस्ताङमा निर्वाचन एकीकृत सुरक्षा रणनीति योजना तयार पारिएको छ। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, मर्यादित, निश्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न योजना तयार पारिएको हो। 

जिल्ला सुरक्षा समितिअन्तर्गत मुस्ताङमा निर्वाचन एकीकृत सुरक्षा योजना तयार भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

निर्वाचन एकीकृत सुरक्षा योजनामा जिल्लाका चारवटै सुरक्षा अंगलाई आआफ्नो जिम्मेवारी तोकिएको छ। जसअन्तर्गत निर्वाचनको दिन मतदानको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा बाहिरी घेरामा नेपाली सेनाले निर्वाचनका लागि सुरक्षा प्रदान गर्ने सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए।

योजना अनुसार कारागार, महत्वपूर्ण प्रतिष्ठान र जोमसोम विमानस्थलमा नेपाली सेना परिचालन गरिने छ। नेपाल प्रहरीले मतदान स्थलको पहिलो घेरामा रहि सुरक्षा प्रदान गर्नेछ। नेपाली प्रहरीसँगै म्यादी प्रहरी पनिसँगै परिचालन हुनेछ। 

प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले मतदानको दिन र त्यसअघि मतदान सामग्री, कर्मचारी, मतदाता, उम्मेदवार सुरक्षा र जिल्ला निर्वाचन कार्यालयले लगायतको सुरक्षा प्रदान गर्ने जानकारी दिए। 

यस पटक २११ नेपाल प्रहरी, १५० जना सशस्त्र प्रहरी र २८० जना म्यादी प्रहरी खटाइने तयारी भइसकेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए। 

निर्वाचनका लागि ३९ वटै मतदान केन्द्रमा ७७ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतको व्यवस्था गरी कार्यविभाजन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.