महोत्तरी गौशालामा सत्तारूढ गठबन्धनको विशाल र्‍याली प्रदर्शन

महोत्तरी गौशालामा सत्तारूढ गठबन्धनको विशाल र्‍याली प्रदर्शन

जनकपुरधाम : सत्तारूढ पाँच दलीय गठबन्धनले महोत्तरीको गौशालामा संयुक्त विशाल र्‍याली प्रदर्शन गरेको छ। 

गठबन्धन दलका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट गौशालामा विशाल र्‍याली प्रदर्शन गरेको हो।

पूर्व मन्त्री तथा महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार गिरिराजमणि पोखरेलले संविधान, लोकतन्त्र र समावेशी, समानुपातिक, दलित अल्पसंख्यक, जनजातिको अधिकार र परिवर्तनको रक्षाका निम्ति गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका थिए। 

उनले भने, 'केपी ओलीले संविधान मास्न खोजे, लोकतन्त्रको हत्या गर्न खोजे, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त उपलब्धीलाई मास्न खोजे, त्यसैले हामीले ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍यायौं।'

उम्मेदवार पोखरेलले दुई-दुई पटक संविधान भत्काउन खोज्ने ओलीलाई सतहीमा ल्याउने मौका निर्वाचन नै भएकाले प्रतिगमन र अग्रगमन संघर्षमा देश र जनताको हितमा रहेको पाँच दलीय गठबन्धनको उम्मेदवारलाई मत दिन आग्रह गरे। 

महोत्तरी १ (ख) प्रदेशसभाका उम्मेदवार भरत प्रसाद साहले गौशालाको विकासका लागि नेपालमै पहिलो पटक रेल्वे इन्जिनियरिङ कलेजको पढाइ गौशालामा हुन लागेको अधुरो काम पूरा गर्नका लागि भएपनि गठबन्धनको साझा उम्मेदवारलाई जिताउन आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.