वालिङ् आएर लिंङ्देलले भने, ‘देश बनाउने कि बिगार्ने मतदाताको हातमा छ’

वालिङ् आएर लिंङ्देलले भने, ‘देश बनाउने कि बिगार्ने मतदाताको हातमा छ’

 स्याङ्जा : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक मत बदलेर देश बनाउन आग्रह गरेका छन्। आलोपालो गरी जित्दै आएका पार्टीलाई मत दिएर फेरि पनि देशलाई खोक्रो बनाउन नहुने उनले बताए। 

वालिङमा शुक्रबार आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले देश बनाउने र बिगार्ने मतदाताको हातमा रहेकाले मत बदलेर राप्रपालाई दिइ देश बनाउन आग्रह गरेका हुन्। ‘एक चोटी मन बदल्नुहोस। हामी व्यवस्था बदल्छौं। हामी जनताको अवस्था बदल्छौं।’ उनले भने, ‘अझै पनि पुरानै पार्टी भनेर मतदान गर्न खोज्यौ भने यो देश बिगार्नमा तपाईहरु पनि दोषी हुनुहुन्छ।’

देश बिगार्ने कि बनाउने भन्ने समय आएको उनको भनाई छ। उनले भने, ‘देश बिगार्ने कि बनाउने समय आएको छ। देश बन्छ कि भनेर राणा, राजा फाल्दै गणतन्त्रसम्म आइपुग्दा देशको अवस्था राम्रो बन्न सकेन।’ 

काँग्रेस र कम्युनिष्टले ३० वर्ष बढी शासन चलाउदा देश र नागरिकले के नयाँ सन्देश पाए भन्ने बारेमा समीक्षा गर्नुपर्ने उनको भनाई छ। आगामी सुखद भविष्य निर्माण गर्न आएको अवसरलाई सही सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए।  

कार्यक्रममा नायिका मनिषा कोइराला, २ का उम्मेदवार लालगोपाल अर्याल, प्रदेश १ का उम्मेदवार सागर गैह्रे लगायतले आ-आफ्ना धारणासहित राप्रपाका पक्षमा भोट भागेका थिए। स्याङ्जाका २ निर्वाचन क्षेत्रमध्ये वालिङ् २ मा पर्छ। राप्रपाले यहाँका २ प्रतिनिधिसभा र ४ प्रदेशसभाका सबैमा आफ्ना उम्मेदवार उठाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.