ओली फेरि सुदूरपश्चिममा, डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने

ओली फेरि सुदूरपश्चिममा, डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने

धनगढी: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चुनावी सभा सम्बोधनका लागि दोस्रो पटक सुदूरपश्चिम पुगेका छन् ।

ओलीले आज डोटीको दिपायल, एमालेका सचिव लेखराज भट्ट लडेको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को अत्तरिया र झपट रावल लडिरहको कैलाली कै निर्वाचन क्षेत्र नम्बर २ को लम्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन ।
 

श्रीएयरलाईन्सको जहाजबाट धनगढी विमानस्थल झरेका ओली सिम्रीक एयरको हेलीकप्टरबाट डोटीका लागि प्रस्थान गरेका छन् । उनले डोटीको दिपायलको चुनावी सभा सम्बोधन गरेपछि कैलालीको अत्तरिया र त्यसपछि कैलालीकै लम्कीमा आयोजना गरिएको चुनावी सभा सम्बोधन गर्नेछन ।

ओली चुनावी सभा सम्बोधनका लागि दोस्रो पटक सुदूरपश्चिम आएका हुन । यसअघि कार्तिक १८ गते ओलीले दार्चुलाको खलंगाबाट आफ्नो चुनावी प्रचारप्रसार सुरु गरेका थिए । उनले एकै दिनमा बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरको चुनावी सभा पनि सम्बोधन गरेका थिए । दार्चुलाबाट प्रतिनिधि सभामा एमालेका गणेश सिह ठगुन्ना, बैतडीबाट पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी र कञ्चनपुर ३ बाट निरुदेबी पाल एमालेबाट चुनावी मैदानमा छन ।

पूर्वप्रधानमन्त्री ओलीले दार्चुलामा चुनावी कार्यक्रम गरे लगत्तै सत्ता गठबन्धनले पनि दार्चुलाको गोकुलेश्वर, बैतडीको पाटन र कैलालीको सुखडमा चुनावीसभाको आयोजना गरेको थियो । 

सुदूरपश्चिमको चुनावी सभामा चुच्चे नक्सा चुनावी मुद्दा बनेको छ । मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्साको स्वामित्व ग्रहण गर्न हानाथाप गरिरहेका छन ।

सर्वसम्मत रूपमा प्रतिनिधिसभाबाट नयाँ नक्सा अनुमोदन भएता पनि तीनै दलका शीर्ष नेताहरूले त्यसको श्रेय लिन अग्रसर भएका छन्। उक्त नक्सालाई तीनै दलका शीर्ष नेताहरूले चुनावी एजेन्डा बनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.