ओलीले खेलौना भएझैं संसद विघटन गरे : प्रधानमन्त्री देउवा
चितवन : आगामी मंसिर ४ गते हुने निर्वाचनमा अग्रगमन र प्रतिगमनबीचको लडाईं भएको पाँच दलीय गठबन्धनका नेताहरुले बताएका छन्। मुलुकको राजनीतिक दुर्घटना अन्त्य गरेर मुलुकलाई नयाँ गन्तव्यमा पुर्याउन गठबन्धन गरेको शीर्ष नेताहरूले बताए।
चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुलुकको भविष्यका लागि गठबन्धनको जीत आवश्यक रहेको उनीहरूको भनाइ छ। प्रधानजमनत्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जगमा राष्ट्रिय एकता स्थापित गर्न खोजेको बताए।
गणतन्त्र र प्रजातन्त्रलाई स्थायीरूपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। ‘निर्वाचनमा गठबन्धनको जीत हुन अति आवश्यक छ। यसबाट समावेशी समानुपातिकमात्रै होइन, राष्ट्रिय एकता हुने विश्वास लिएको छु,’ उनले भने।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलौना भएझैं संसद विघटन गरेको बताए। ‘ओलीजीले संविधान भनेको उहाँको खेलौना भएझैं दुईपटक संसद विघटन गर्नुभयो। त्यसैको विरुद्धमा गठबन्धन भएको हो,’ उनले भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो निर्वाचनमा गठबन्धनको बहुमत सुनिश्चित रहेको दाबी गरेका छन्। अग्रगमन र प्रतिगमनमध्ये के रोज्ने भन्ने अवसर भएको बताए। अब संविधानको रक्षा र स्थिरतासँगै विकास र समृद्धिको लागि बनेको उनले बताए।
सभापति देउवाले राजनीतिक संकट टारेर मुलुकमा विकास र रोजगारको अवसर सिर्जना गर्न लागिपरेको बताए। ‘नेपालमा राष्ट्रिय एकता स्थापित गरेर सबै नेपालीलाई एक बनाउनु छ। यसका लागी गठबन्धनको जीत आवश्यक छ,’ उनले भने, ‘चितवनबाटै गठबन्धनको सुरुवात भएको हो। भरतपुरबाट विजयको सुरुवात होस् भन्ने हो।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो निर्वाचनमा गठबन्धनको बहुमत सुनिश्चित रहेको दाबी गरेका छन्। अग्रगमन र प्रतिगमनमध्ये के रोज्ने भन्ने अवसर भएको बताए। अब संविधानको रक्षा र स्थिरतासँगै विकास र समृद्धिको लागि बनेको उनले बताए।
‘सरकार गठन गर्नका लागिमात्रै गठबन्धन बनाएको होइन। देशमा राजनीतिक दुर्घटनाबाट बचाउनका लागि बनेको गठबन्धन भएको हुनाले कम्फर्टेबल बहुमत सुनिश्चित नै छ,’ उनले भने, ‘गठबनधनले आर्थिक समृद्धिको नयाँ क्रान्ति गर्ने संकल्प गरेका छौं।’
एमालेप्रति लक्षित गर्दै अध्यक्ष दाहालले प्रतिगमनले टाउको उठाउन नसक्ने गरी एकताको प्रदर्शन गर्न आवश्यक रहेको बताए। मुलुकमा राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी समूहलाई पराजित गर्ने बताए। त्यसपछि मात्रै स्थिरता र विकासको नयाँ मार्ग खुल्ने बताए।
‘यो निर्वाचनमा ठूलो अवसर आएको छ। देशलाई पछाडि धकेल्ने हो या विकास र समृद्धिको नयाँ यात्रातिर लैजाने हो या निरकुंशतातर्फ लैजाने हो भन्ने कुराको जनमत संग्रहजस्तो हुँदैछ,’ उनले भने, ‘योपटक अग्रगमन या प्रतिगमन के रोज्ने भन्ने कुरामा सबै एकताबद्ध भएर प्रगति र परिवर्तनको पक्षमा आफ्नो मत जाहेर गर्नेबेला आएको छ।’
संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागी पाँच दलीय गठबन्धन बनेपछि मुलुक सकारात्मक बाटोमा लागेको उनको भनाइ थियो। अहिले प्रतिगमनको खतरा कम हुँदै गएको उनले बताए। ‘राजनीतिक दुर्घटनाको खतरा र प्रतिगमनको खतरा रहिञ्जेल गठबन्धन रहिरहन्छ, ’ उनले भने।