'फेदिखोलालाई मिनि पोखरा बनाउँछौं'

'फेदिखोलालाई मिनि पोखरा बनाउँछौं'

स्याङ्जा : मतदानको दिन नजिकिदै गर्दा उम्मेदवारले घरदैलो तथा मतदाता भेटघाट कार्यलाई तीव्र बनाएका छन्। एकैदिन ३/४ स्थानमा चुनावीसभा र घरदैलोमा उम्मेदवारको व्यस्त छन्। 

लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार बुद्धिबहादुर राना (कुमार) पनि मतदाता रिझाउन तल्लीन छन्। 

मतदाता समक्ष पुगेर उनले विभिन्न एजेण्डासहित मत माग्दै आएका छन्। 

प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेससभा १ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार एवं नेपालीका नेता रानाले पर्यटकीय नगरी पोखराको नजिकै र रहेर पनि गुमानाम झैं भएको फेदिखोला गाउँपालिकालाई चलायमान बनाउन मिनि पोखरा रुपमा विकास गर्ने बताए। 

प्रादेशिक राजधानी कास्की जिल्लाको पोखरा नजिक रहेको फेदिखोलाको उपयोग हुन नसकेको गुनासो व्यक्त गरे। यहाँ फेदिखोला, आँधीखोला तरकारी तथा फलफूल उत्पादन राम्रो हुने पालिका हुन्। 
यसैगरी, उम्मेदवार रानाले आँधीखोला गाउँपालिकामा आँधीखोला करिडोरसहित ओभरहेड ब्रीज, रंगशालालगायत बहुद्देश्यीय आयोजना संचालन गर्ने सुनाए।

फेदिखोला, आँधीखोला अर्जुनचौपारीलाई पर्यटकिय हबसहित पुतलीबजार नगरपालिलाई अन्य शहरसँग सम्बन्ध विस्तारगरी उद्योग, व्यवसाय प्रवर्द्धन र सीप तथा आयमूलक योजना सहितका प्रतबद्धता जनाउँदै यसपटक आफनो परीक्षण गर्न मतदातासँग आग्रह गरे।

‘फेदिखोलाको साल्मेडाँडा, आधीखोलाको श्रवणकुमार र शिरुवारी, अर्जुनचौपारीको एशियाकै ठूलो बुद्ध मूर्तिको अध्ययन, अवलोकन, भ्रमणका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटक भित्रयाई आर्थिक, सामाजिक एवं सास्कृतिक विकास गर्नेछु,' उनले थपे, ‘स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, पर्यटन, कृषि, खेलकुद, कलासंस्कृति र प्रकृतिको संरक्षण लगायतका क्षेत्रहरु प्राथमिकतामा राख्नुका साथै ५ हजार युवालाई रोजगार दिनसक्नेगरी कार्ययोजना सहित चुनावी प्रतिस्पर्धामा छु ।’

पहिलो पटक चुनावी प्रतिस्पर्धामा रहेका राना बौद्धिक मानिन्छन्। विभिन्न धर्म, संस्कृति, कलामा जानकार उनी नेपाली कांग्रेस स्याङ्जाका सचिव हुदै कार्यवाहक सभापति बनेर राजनीतिक पाटोमा जिल्ला संचालनको अनुभव छ। उनी पुतलीबजार नगरपालिका ४ बासिन्दा हुन्। 

यस प्रदेशमा पुतलीबजार ३, ४, ५, ६, १३ र १४ वडा सहित फेदीखोला गाउँपालिका, आधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिकाका गरी २३ वडा वडा पर्दछन्। यहाँ ५४ मतदानस्थल र ८५ मतदान केन्द्र निर्धारण गरिएको यो प्रदेशमा ६४ हजार ८५४ मतदाता छन ्। तीमध्ये ३२ हजार ७३२ महिला र ३२ हजार १२१ पुरुष र १ अन्य मतदाता छन् ।  

बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मत हेर्दा यस प्रदेशसभामा नेपाली कांग्रेस सहित लोकतान्त्रिक बामगठबन्धनको मत बढी छ। तर, अघिल्लो प्रदेशसभामा भने बामगठबन्धनका मिनप्रसाद गुरुङ् विजयी भएका थिए। 
तस्बिर : भवानी अधिकारी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.