लमजुङमा देव र पृथ्वीसुब्बा गुरुङबीच कडा टक्कर

लमजुङमा देव र पृथ्वीसुब्बा गुरुङबीच कडा टक्कर

बेंसीसहर : नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ २०७४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सँगै मिलेर लडे। 

बाम गठबन्धन गरेर निर्वाचन लडेका उनीहरूमध्ये देव गुरुङ प्रनिनिधिसभामा निर्वाचित भए भने पृथ्वीसुब्बा प्रदेशसभा सदस्य हुँदै गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बने।

हिजोका सहयात्री यी दुई हस्ती यतिबेला भने आफू निर्वाचित हुने होडमा छन्। 

२०४८ र ०७४ को निर्वाचनसँगै मिलेर लडेका उनीहरू अहिले भने आमने सामने भएका छन्। २०४८ मा 'एक वाम-एक ठाम' नीति अनुरूप देव गुरुङ क्षेत्र नम्बर १ मा र पृथ्वीसुब्बा क्षेत्र नम्बर २ बाट निर्वाचन लडेका थिए। 

दुवै नेता त्यतिबेला असफल भए। २०७४ मा सँगै मिलेर लडे दुवै नेता सफल भए। 

एमालेका उपमहासचिवसमेत रहेका पृथ्वीसुब्बा र माओवादी केन्द्रका महासचिव रहेका देवप्रसाद दुवै हेवीवेट नेता हुन्। 
कम्युनिष्ट पार्टीका यी दुई ठुला नेता बीचको प्रतिस्पर्धाले लमजुङको चुनाव थप रोचक बन्दै गएको छ।

तत्कालीन गिलुङ गाविस-८, टक्सार (हाल क्व्होलासोथर गाउँपालिका-९) मा जन्मिएका एमालेका उम्मेदवार गुरुङ आठौं पटक निर्वाचन लड्दैछन्। 

नेता गुरुङले २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी जनाउँदै आएका छन्। उनी २०४३ मा पनि जिल्ला कारागारबाटै जनपक्षीय उम्मेद्वारका रूपमा चुनाव लडेका थिए। 

यसअघि सातपटक निर्वाचन लडेपनि उनी दुईपटक मात्र सफल भएका छन्। २०६४ को पहिलो संविधानसभा र २०७४ को प्रदेशसभा '२' बाट गरी दुईपटक उनी निर्वाचित भए। 

उनी संघमा पर्यटनमन्त्री तथा गण्डकी प्रदेशको मुख्यमन्त्री बनिसकेका छन्। यसपटक उनको लागि अन्तिम चुनाव हुनसक्छ, त्यसैले उनलाई जित्नैपर्ने दवाव छ। 

मनाङको नासों गाउँपालिका-४, ओडारगाउँ घर भई हाल लमजुङ केन्द्रित राजनीति गर्दै आएका देवप्रसाद गुरुङ ०७४ मा बाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। 

लमजुङ क्षेत्र नं १ (हाल प्रदेश १) बाट २०४८ को निर्वाचनमा 'एक वाम-एक ठाम' नारा लिएर तत्कालीन जनमोर्चाबाट चुनाव लडेका उनी त्यतिबेला कांग्रेसका रामचन्द्र अधिकारीसँग पराजित भएका थिए।

माओवादीका तर्फबाट २०६४ को संविधानसभा निर्वाचनमा मनाङ र कास्की १ बाट उनी ०६९ को निर्वाचन भने बहिस्कार गरे। 

२०७३ मा पुनः माओवादीमा फर्किएपछि ०७४ को निर्वाचनमा एमालेसँग मिलेर लमजुङबाट निर्वाचित बने। उनी दुईपटक मन्त्री भइसेका छन्।

यसपटक ०७४ को सहयात्री दल एमाले उनको विपक्षमा छ, भने त्यतिबेलाको प्रतिष्पर्धी नेपाली कांग्रेस सहयात्री बनेको छ। 

एमाले एक्लै गठबन्धन लगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छ। देव गुरुङलाई कांग्रेसको मतको भर छ भने एमालेलाई आफ्नो मत जोगाउनुपर्नेछ।  

चार नगरपालिका र चार गाउँपालिका रहेको यस जिल्लामा यसअघिको स्थानीय तह निर्वाचनमा पालिका प्रमुखहरूले पाएको मतका आधारमा एक हजार छ सय ५४ मतले गठबन्धनभन्दा एमाले अघि रहेको छ। 

गत स्थानीय तह निर्वाचनमा एक लाख ३१ हजार चार सय ९४ मतदाता रहेका थिए। स्थानीय चुनावपछि २ हजार ६५ मतदाता नयाँ थपिएका छन्। 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ्ग गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले प्रतिस्पर्धा गर्दै छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.