निर्वाचनमा खटिने मतदान अधिकृतलाई तालिम

निर्वाचनमा खटिने मतदान अधिकृतलाई तालिम

जाजरकोट : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ।

निर्वाचनलाई निष्पक्ष तरिकाले सम्पन्न गर्न जिल्लामा एक सय ४३ मतदान अधिकृत र एक सय ४३ सहायक मतदान अधिकृतलाई एक दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो। 

निर्वाचन गराउने तरिका, निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका लगायतका विषयमा मुख्य निर्वाचन अधिकृत केशव चपाईं, प्रमुख जिल्ला अधिकारी अञ्जन श्रेष्ठ र निमित्त जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले प्रकाश पारेका थिए। 

शनिबार र आइतबार दुई दिन दुई समूहमा अभिमुखीकरण गरिएको हो। सात पालिका रहेको जाजरकोटमा एक सय ५३ मतदान केन्द्रमा एक हजार एक सय ४० कर्मचारी खटाइएको छ।

निर्वाचनमा खटिने कर्मचारीलाई मंगलबार सामग्री बुझाइने छ। दुर्गम र विकटका निर्वाचनस्थल तर्फ बुधबार कर्मचारी पठाइने छ। 

सबै मतदान केन्द्रमा कार्तिक १ गते अनिवार्य रूपमा पुगि सक्नुपर्ने निमित्त जिल्ला निर्वाचन अधिकारी कठायतले बताए। निर्वाचनको सबै तयारी र कर्मचारी खटनपटनको काम समेत पूरा भएको मुख्य निर्वाचन अधिकृत चपाईंले बताए। 

जिल्लामा शान्ति सुरक्षा र निर्वाचन सुरक्षालाई मध्यनजर गरेर तीन किसिमको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए। 

पहिलो घेरामा म्यादी प्रहरी र जनपद प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.