लक्ष्मी बैंकको विश्वकप लक्षित 'बचत गरौं, च्याम्पियन बनौं' योजना सार्वजनिक

लक्ष्मी बैंकको विश्वकप लक्षित 'बचत गरौं, च्याम्पियन बनौं' योजना सार्वजनिक

काठमाडौं : लक्ष्मी बैंकले विश्वकपलाई लक्षित गर्दै 'बचत गरौं, च्याम्पियन बनौं' योजना सार्वजनिक गरेको छ। यो योजना  २०२२ नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ।

लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना सार्जनिक गरेको हो। 

यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउने क्रममा 'सेभ लाइक अ च्याम्पियन' (बचत गरों, च्याम्पियन बनौं) सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ।

यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरूको भविष्य उज्ज्वल बनाउन 'बचत' को शक्ति र भावनालाई प्रवर्द्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। 

यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरूलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरू) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरू प्रदान गरिनेछ। 

बचत खाताका अफरहरूका साथै ग्राहकहरूले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.