भारतसहित विदेशका निर्वाचन प्रमुखहरू नेपाल आउँदै

भारतसहित विदेशका निर्वाचन प्रमुखहरू नेपाल आउँदै

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्यवेक्षणका लागि विदेशी आयुक्तहरू नेपाल आउने बताएका छन्। उनले केही एसियाली मुलुकका प्रमुख निर्वाचन आयुक्त र नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूले 'वान डे' निर्वाचन पर्यवेक्षण गर्ने बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान र एसियाली मुलुक दक्षिण कोरियाका प्रमुख निर्वाचन आयुक्तहरू नेपाल आउने बताए।

'निर्वाचन आयोगहरूको संस्था छ। उक्त संस्था अतर्राष्ट्रिय र दक्षिण एसियाको मात्रै पनि छ। एक-अर्काको देशमा हुने निर्वाचनको सुपरीक्षवेक्षण गर्न र नलेज सेयरिङ गर्न निमन्त्रा दिने प्रचलण रहेको छ। सोही प्रचलनअनुसार उहाँहरू नेपाल आउनुहुनेछ,' अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा उनले भने।

उनले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूले पनि निर्वाचनको पर्यवेक्षण गर्ने बताए। 'परम्पराअनुसार नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूले पनि आसन्न निर्वाचनको पर्यवेक्षण गर्नुहुन्छ। अष्ट्रेलियाको चाहिँ भारतबाट राजदूत आउने कुरा छ,' उनले भने।

उनले निर्वाचनलाई कानुनअनुरुप र अरुको नजरमा वैद्यताका लागि अन्तर्राष्ट्रिय पर्यवक्षेकहरू बोलाउने चलन रहेको बताए। त्यसका लागि निर्वाचन आयोगले व्यवस्था मिलाउने उनको भनाइ छ।

'निर्वाचनलाई बाहिरको आँखाले पनि हेर भन्छ। उहाँहरूले नेपालको निर्वाचनलाई आफ्नो देशको निर्वाचनसँग दाँज्नुहुन्छ। फरक कुरा के-के छन्? रिपोर्ट बनाउनुहुन्छ। केही कुरा सिक्नुहुन्छ। केही कुरा सिकाउनुहुन्छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.