पर्यटकलाई याकको सुकुटी

पर्यटकलाई याकको सुकुटी

‍ जोमसोम : मुस्ताङ साङ्ता गाउँका व्यवसायी छेवाङ ढिके गुरुङले डोल्पाको छार्काबाट १ सय ५० वटा याक मुस्ताङ ल्याएका छन्। उनले पाँच दिन हिँडाएर जोमसोममा बिक्रीका लागि ल्याएका हुन्। 

‘जोमसोममा याकको सुकुटीको माग बढेपछि उपल्लो डोल्पाबाट याक किनेर ल्याएको हुँ’, उनले भने, ‘मुस्ताङ आउने पर्यटक बढेपछि होटलले याकको सुकुटी बनाउने धेरै बनाउन थालेका छन् ।  दुःखअनुसारको फाइदा पनि भएको छ।’

मुस्ताङमा भेडाच्याङ्ग्राको भन्दा याकको मासुलाई सुकुटी बनाएर खाने परम्परा छ। होटलमा पनि पाहुनाले याकको सुुकुटी खाने गरेका छन्। पर्यटकले याकको सुकुटी मन पाउने गरेको उनले बताए । डोल्पाका व्यवसायी निमा छेतेन हिउँदयाममा पशुपालक तथा व्यवसायीले बिक्रीका लागि याक बर्सेनि मुस्ताङ ल्याउने गरेको बताए। ‘भेडाच्याङ्ग्राको मासु महँगो पर्ने तथा याकको मासु सस्तो, स्वादिलो र पोषिलो हुन्छ,’ उनले भने। मुस्ताङमा हिउँदयामको मौसममा तरकारी नपाइने हुँदा याक चौरीको मासु सुकुटी बनाएर खाने चलन रहेको स्थानीय भूपेन्द्र शेरचनले जानकारी दिए। 

मुस्ताङका स्थानीय तथा पर्यटन व्यवसायीले डोल्पाको याक सुकुटी मासु बनाउन किन्ने गरेको शेरचनको भनाइ छ। कतिपयले कोसेलीका रूपमा आफन्तलाई पठाउने चलन रहेको शेरचनले बताए। मुस्ताङ आएका पर्यटकले याक मासु चाख्न रुचाउँछन्। उनीहरूले याकको सुुकुटी किनेरसमेत लैजान्छन्। 

उपल्लो डोल्पा र मुस्ताङका स्थानीयले याक चौरीपालन व्यवसाय गर्दै आइरहेका छन्। डोल्पाका याक जोमसोम आइपुग्दा सहजै बिक्री हुने गरेको छ। यस वर्ष डोल्पाबाट पाँच सयभन्दा बढी याक चौरी पैदलै खेदाएर मुस्ताङ ल्याइएको छ। डोल्पाको उपल्लो भाग याक पालनको पकेट क्षेत्र मानिन्छ। त्यहाँका अधिकांश स्थानीय पशुपालन व्यवसायमा छन्। मुस्ताङमा एउटा याकको १ लाख ३० हजारसम्म पर्छ। सामान्यतया २ वर्षमा याकचौरी वयस्क हुने मासु खान योग्य हुने थासाङका सोजन हिराचनले जानकारी दिए।

याक, चौरीलाई मालसामान ढुवानीका लागि प्रयोग गरिन्छ। कोरोना भाइरसका कारण तीन वर्षदेखि तिब्बतबाट भेडाच्याङ्ग्रा मुस्ताङ आएका छैनन्। यसपटक याक चौरी सजिलै बिक्री भएको कृषक बताउँछन्। याक चौरीको मूल्य गत वर्षभन्दा २० प्रतिशतले बढेको छ। विभिन्न जडीबुटी खाने भएकाले याकको मासु स्वादिलो र स्वास्थ्यवद्र्धक हुने गर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.