बाँदर आतंक नियन्त्रण गर्नुपर्ने माग राख्दै ललितपुर–१ का उम्मेदवार घिमिरे अनसनमा
काठमाडौंः ललितपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार डा.सचिनकुमार घिमिरे अनसन बसेका छन् ।
मंगलबारदेखि डा.घिमिरे गोदावरी नगरपालिकास्थित टाखेलमा अनसन सुरु गरेका हुन् । उनी सात बुँदे मागसहित अनसन सुरू गरेका छन् ।
घिमिरेले आफ्ना सात सुत्रीय माग पूरा नभएसम्म आमरण अनसन जारी रहने बताएका छन्।
एमालेबाट उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा खर्च विवरण सार्वजनिक गर्नुपर्ने, गाउँमा बाँदरले दुःख दिएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने, विद्यार्थीको पढाइ खर्च व्यहोरिदिनलगायतका माग अघि सारेका छन् ।
यस्तै, गोदावरी नगरपालिकाले महिला स्वयंमसेविकामार्फत् किशोरीहरूलाई खुवाइरहेको आइरन चक्कीले जनस्वास्थ्यको औचित्य प्रमाणित गर्नुपर्ने, कोन्ज्योसोम गाउँपालिकाका दलबहादुर विकलगायतको उपचार गर्नुपर्ने डा.घिमिरेको माग छ ।