स्याङ्जा कारागारका ४५ कैदीबन्दीले मतदान गर्ने

स्याङ्जा कारागारका ४५ कैदीबन्दीले मतदान गर्ने

स्याङ्जा : मंसिर ४ गते हुने निर्वाचनमा पहिलो पटक कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन्। 

सोही अनुरूप आसन्न निर्वाचनको समानुपातिकतर्फ स्याङ्जा जिल्ला कारागारमा रहेका ४५ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन्।

जिल्ला कारागार स्याङ्जामा चार महिलासहित २ सय २९ जना कैदीबन्दी रहेका कारागार प्रमुख चुडामणि शर्माले जानकारी दिए।

उनीहरू मध्ये मतदाता नामावलीमा नाम भएका १ महिला सहित ४४ पुरुषले मतदान गर्न पाउने भएका छन्। यसपटक पहिलो चोटी कैदीबन्दीले प्रतिनिधिसभातर्फको समानुपातिक तर्फमात्र मतदान गर्न पाउने भएका हुन्। 

विभिन्न प्रदेश तथा जिल्लाका समेत कारागारमा रहेकाले उनीहरूका लागि कर्मचारी सरकारी तथा अन्य कर्मचारी सरह समानुपातिकमा मात्र मतदान गर्न पाउने व्यवस्था भएको निर्वाचन कार्यालयका प्रमुख मरासिनीले जनाए।  

उनीहरूका लागि कारागार शाखामै अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले बताए। 

यो सँगै स्याङ्जामा एक अस्थायी मतदान केन्द्रसहित ३ सय २१ पुगेको छ। यहाँ १ सय ९९ मतदान स्थल छन्। 

स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता छन्। तीमध्ये १ लाख २४ लाख ७७८ महिला, १ लाख १९ हजार ३१० जना पुरुष र १ अन्य छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.