निर्वाचन पर्यवेक्षकहरूलाई तालिमसहित शपथ

निर्वाचन पर्यवेक्षकहरूलाई तालिमसहित शपथ

जोमसोम : मुस्ताङमा निर्वाचन पर्यवेक्षकलाई तालिमसहित जिम्मेवारीको शपथ गराइएको छ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) अन्तर्गत नियोगको मुस्ताङ शाखाले जिल्लाका ८ जना निर्वाचन पर्यवेक्षकहरूलाई मंगलबार जोमसोममा तालिमसहित जिम्मेवारीको शपथ गराएको हो।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई स्वच्छता, स्वतन्त्रता र विश्वसनीयता कायम गर्ने उद्देश्यले नियोगको मुस्ताङ शाखाले निर्वाचन पर्यवेक्षण तालिम आयोजना गरेको हो।

एक दिने तालिमको जिसस मुस्ताङका उपप्रमुख एवं नियोगको पूर्व जिल्ला अध्यक्ष आइतलाल थकालीले ब्यानर वाचन गरी शुभारम्भ गरे। 

नियोग शाखा अन्तर्गत खटिने निर्वाचन पर्यवेक्षकहरूले आयोगको निर्वाचन आचारसहिंताको परिधिभित्र रहेर मतदान केन्द्रहरूको पर्यवेक्षण गर्नुपर्ने बताए। 

'निर्वाचनको स्वच्छता,पारदर्शीता र विश्वसनीयताको तपाईंहरूले वस्तुगत रिपोर्टिङ गर्नुहोस्, उपप्रमुख थकाली भने, 'भौगोलिक र मौसम प्रतिकुलताले केही जटिलता हुन सक्लान, त्यसका बाबजुत मतदान अवधिभर तोकिएको स्थानमा बसेर जानकारी लिनुहोला।'

जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले मंसिर ४ गते हुने निर्वाचनलाई सफल बनाउन सबै क्षेत्रका दायित्व महत्वपूर्ण हुने बताए। 

उनले भने निर्वाचन सुरक्षा र मतदान प्रक्रियाका विषयमा सबै तयारी पूरा भइसकेकाले निर्धक्क मतदान गर्ने वातावरण सिर्जना गर्न पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

नियोगका जिल्ला अध्यक्ष विनोद थकालीले निर्वाचनको वस्तुगत रिपोर्टिङका लागि यसअघि जिल्ला बाहिर विभिन्न तालिम भइसकेको बताए।

तालिमपछि  प्रशिक्षक शान्ता थकालीले सहभागी परिवेक्षकहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.