डोटीमा दुई मतदान केन्द्रको नेतृत्व महिलालाई

डोटीमा दुई मतदान केन्द्रको नेतृत्व महिलालाई

डोटी : डोटीमा एक सय ७७ वटा स्थायी  र एउटा अस्थायी मतदान केन्द्र रहेका छ । जसमा दुईवटा मतदान केन्द्र महिलाले नेतृत्व लिने भएका छन्।

डोटी सदरमुकामस्थित श्री पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखि क्याम्पसमा रहेका मतदान केन्द्र महिलामैत्री बनाइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिएका छन् ।

महिलामैत्री मतदान केन्द्रमा मतदान अधिकृतदेखि सबै कर्मचारी महिला रहेका छन् । त्यसैगरी सुरक्षाकर्मी समेत महिलानै खटिने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लाभरी एक हजार चार सय १४ जना कर्मचारी परिचालित भएका छन् । जसमा मतदान अधिकृत एक सय ७८ जना, सहायक मतदान अधिकृत पनि एक सय ७८ जनानै रहेका छन् ।
त्यसैगरी सहायक कर्मचारी आठ सय ८१ जना खटिएका छन् भने कार्यालय सहयोगी एक सय ७७ जना रहेका छन् । ४/४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडा राखिएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।

कुल निर्वाचनमा खटिएका कर्मचारीमा एक हजार ४ जना कर्मचारी र चार सय १० जना शिक्षक रहेका छन् ।

निर्वाचन कर्मचारी तथा सामग्री धमाधम पठाइँदै

अधिकांश निर्वाचन केन्द्रहरुमा निर्वाचन सामग्री पठाइसकिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । मंगलबारसम्म सबै निर्वाचन केन्द्रहरुमा कर्मचारी तथा सामग्री पठाइसक्ने बताइएको छ ।
निर्वाचन सामग्रीसँगै मतपत्र समेत पठाइसकिएको जानाइएको छ । 

नजिकका मतदान केन्द्रहरुमा भोलिनै निर्वाचन सामग्री पठाइने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.