सोलुका मतदातामा छैन उत्साह, भन्छन् : जितेर गएपछि गाउँ फर्किंदैनन्

सोलुका मतदातामा छैन उत्साह, भन्छन् : जितेर गएपछि गाउँ फर्किंदैनन्

सोलुखुम्बु : आम निर्वाचनको दिन मंसिर ४ नजिकिंदै छ। देश नै यतिखेर चुनावमा केन्द्रित छ तर हिमाली जिल्ला सोलुखुम्बुका मतदाताहरुमा भने त्यति जाँगर चलेको छैन। सोलुदुधकुण्ड नगरपालिका १ जम्बुकका वृद्धा सर्किनी शेर्पासँग निर्वाचनमा भोट हालेको लामो अनुभव छ । तर कुनै पनि दल तथा उम्मेद्वारले विजयी भएपछि जनमैत्री काम गर्न नसकेको उनको दुखेसो छ। 

२०७४ सालको निर्वाचनमा भोट हाल्दा जुन उत्साह थियो, यसपटकको निर्वाचनमा भने नभएको शेर्पा बताउँछिन्। उनले भनिन्, ‘मैले धेरै पटक भोट हालें, भोट माग्न आउँदा मात्रै सम्झिन्छन् नेताहरुले हामीलाई। भोट माग्न आउँदा चै हजुर नमस्कार भन्दै आउँछन्। जितिसकेपछि आफैं कमाउनमा मात्रै लाग्छ, हामी जनतालाई कसले हेर्ने खै, तर जे भए पनि भोट त दिनै पर्‍यो नि।’ 

निर्वाचनका समयमा दलहरूले बाँड्ने आश्वासनमा विश्वासै लाग्न छाडेको मतदाता बताउँछन्। हरेक पटक निर्वाचनमा यस्तै खालका आश्वासन नेताले दिने गरेको नेचासल्यान गाउँपालिका १ ख्याम्पुका सन्तोष मगरको भनाइ छ। ‘खै भोट हाल्न त जानै पर्छ तर त्यति साह्रै जाँगर चैँ चलेको छैन है, नेताहरुदेखि पनि अब त दिक्क छन् जनताहरु, उनीहरुले जनतालाई भोट हाल्ने साधनको रुपमा मात्रै लिन्छन् त, विकास केही गर्नु छैन। उनीहरुको स्वार्थका लागि भोट हाल्दिनुपर्ने रे !’, मगरले भने।  

हरेक निर्वाचनमा दलहरूले बाँड्ने आश्वासनले न त दैनिकी फेरिएको छ, न गाउँमा कुनै परिवर्तन आएको छ । चुनावताका नेताहरुले जनताका सामान्य समस्या भन्दा माथि भाषण गरे पनि चुनाव सकिएसँगै ती आश्वासन पनि सकिने मतदाताहरु बताउँछन्। 

चुनावमा परिवर्तन र विकासको आशामा भोट हाले पनि जनताको मनोभावना बुझ्ने नेता कहिल्यै भेट्न नसकेको तामाखानीकी डोमा तामाङ बताउँछिन्। डोमाले भनिन्,‘नेताहरुले जनता चिन्ने भनेकै चुनावको बेला मात्रै हो, अरुबेला त कहाँ चिन्छन् र, उनीहरुलाई भोट दिएर जिताएपछि हामीलाई यसो दु:ख पर्दा पनि हेर्ने भए पो हुन्थ्यो, एक पटक भोट दिएपछि ५ वर्ष सम्म हराउँछन्।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.