'संविधान जोगाउन गठबन्धन'

'संविधान जोगाउन गठबन्धन'

सन्धिखर्क : नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले एमाले अध्यक्ष केपी ओलीले संविधान नै मास्न खोजेपछि गठबन्धन गर्नुपरेको बताएका छन् । 

बुधबार सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै  नेता आचार्यले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधान जोगाउनका लागि पाँचदलीय गठबन्धन एकै ठाउँमा उभिएको बताएका हुन्।

पाँचदलीय गठबन्धन सत्तामा पुग्नको लागि नभइ संविधान जोगाउन गठबन्धन बनेको बताए।

मुख्यतया दश वर्षिी माओवादी जनयुद्वका गम्भीर विषयमा एमाले सधैं भाग्ने गरेको भन्दै यसको समाधानमा माओवादी केन्द्र र नेपाली कांग्रेस शान्ति प्रक्रियादेखि अहिलेसम्म विभिन्न चरणका समस्या समधानमा गर्न एकसाथ अगाडि बढेको बताए । 

देशभरमा गठबन्धनको दुईतिहाइ आउने सचिव आचार्यले जिकिर गरे । 

नेपाली कांग्रेसका नेता तथा पूर्वपर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसाले एमालेका सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीमा निर्वाचन जित्ने आफ्नै चरित्रका कारण जित्ने आधार गुमाइसकेकोले गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा पुष्पा भुसाल, प्रदेश सभा (क) मा सागर केसी, प्रदेश सभा (ख) मा कमल भुसालको जित्ने ठकुवा गरे ।जिल्लाको विकास ,समृद्वी र सुशासनको लागि लागि गठबन्धनको जिताउन आवश्यक रहेको बताए ।

यस्तै एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल) ले संगठित पार्टी र विकास प्रेमी नेता  टोपबहादुर रायमाझीको विकल्प नभएको बताए ।

उनले गठबन्धनभित्र एकरुपता नभएकाले पनि जित्ने आधार तय भएको समेत दाबी गरे । खड्काले समृद्ध अर्घाखाँची बनाउन उद्देश्यका साथ केन्द्रमा टोपबहादुर रायमाझी प्रदेश सभा (क) मा चेतनारायण आचार्य,प्रदेश सभा (ख)मा रामजी प्रसाद घिमिरे जित्नुपर्ने धारणा राखे।

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य आलोक रायमाझीले नेकपा एमाले पार्टी नभइ केपी ओलीको प्रालि रहेको बताए ।उनले जिल्लाबाट लगातार तीन पटकसम्म निर्वार्चित भएर विकासको नाममा टोपबहादुर रायमाझीले ठूलो भ्रष्टाचार गरेकाले अब जनताले यसको हिसाब किताब खोज्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.