उमेदवारको माला क्रेज (फोटो फिचर)
जाजरकोट: प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार चुनाव प्रचारमा भ्याईनभ्याई जुटेका छन्।
प्रचारमा जुटेका उम्मेदवारका मतदातालाई फकाउने बेग्लाबेग्लै रणनीति छ । तर सबैको एकै समानता चाहिँ मालाको क्रेजको छ । अहिले सयपत्रीका माला उनेर उम्मेदवारको गलामा माला लगाउने होडवाजी नै चलेको देखिन्छ ।
प्रतिस्पर्धि पार्टीका उम्मेदवारमा माला मोह बढेको देखिन्छ । सामाजिक सञ्जालमा पनि आफ्नो पक्षमा धेरै संख्या देखाउन र स्थानीय मतदाताले भब्य स्वागत गरेको देखाउन कार्यकर्ताले गाँउघरमा जताततै नि:शुल्क पाईने सयपत्रीलगायतका फूलका माला उनेर उम्मेदवारलाई लगाउने होडवाजी नै चलेको विरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए ।
जनताले भन्दा कार्यकर्ताले चुनावी वातावरण देखाउन धेरै माला लगाईदिने गरेको उनले बताए । उनले भने, ‘चुनाव नजित्दै गला भरी माला लगाएका नेता सामाजिक सञ्जालमा छाउँदा र गाँउमा हुने कार्यक्रममा माला र अविरजात्रा हुँदा चुनावको रौनक बढेको छ । यो लोकतन्त्रको सुखद कुरा हो ।’
चुनावले गाँउघरमा निकै चहलपहल बढेको छ । पर्व आएको जस्तो अनुभुति भएको छेडागाड नगरपालिका २ का दीपक बुढाले बताए ।
यसअघि पैदलै हिड्नु पर्ने नेतालाई अहिले गाँउमा गाडी पुगेपछि प्रचारमा सहज भएको छ ।