गठबन्धनप्रतिको जनलहर देखेर ओलीको सातो गयोः प्रचण्ड

गठबन्धनप्रतिको जनलहर देखेर ओलीको सातो गयोः प्रचण्ड

ताप्लेजुङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनप्रतिको जनलहर देखेर एमालेका अध्यक्ष केपी ओलीको सातो गएको टिप्पणी गरेका छन् । 

ताप्लेजुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई जनताका माझमा गएर भोट माग्ने अनुमति नभएको बताए । ‘यो गठबन्धनको लहर देखेर केपी ओलीको सातो गएको छ । उनी विच्छिप्त भएकाछन् ,' दाहालले भने, ‘अहिलेको निर्वाचन संविधान मास्ने, गणतन्त्र संघीयता खोस्ने र राजतन्त्र ल्याउन खोज्नेका विरुद्ध संविधान रक्षा र गणतन्त्रको संस्थागत विकास पक्षधरहरुको जनमत संग्रह जस्तै हो।’ 

एमाले अध्यक्ष ओली नेतृत्वको गठबन्धन परिवर्तन विरोधी भएकाले जनताले मंसिर ४ गतेको निर्वाचनमार्फत संविधान मास्न खोज्ने त्यो शक्तिलाई परास्त गर्नुपर्ने दाहालको भनाइ थियो । 

ओलीलाई व्यङ्गय गर्दै प्रचण्डले भने, 'ओलीजी अब फेरि संविधान च्यात्नका लागि जनमत देऊ भनेर जनतामाझ जानुहुन्छ ? ’

यस्तै प्रदेश नं १ को नाम किराँत प्रदेश राख्नुपर्ने बताएका छन् । ‘जय नेपाल,लाल सलाम भन्दै मन्तव्य सुरु गरेका उनले विस्तृत शान्ति सम्झौताको एउटै कागजमा एकापट्टि कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र अर्कोपट्टि आफूले सही गरेर जय नेपाल, लाल सलाम भन्ने शब्द सम्बोधन गरेको स्मरण गर्दै दाहालले त्यहिँ बेलाबाट सुरु भएको जय नेपाल, लाल सलामको गठबन्धनले शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्‍याउने र संविधानको रक्षा गर्दै संविधानको विकास र परिमार्जनतर्फ केन्द्रित हुने बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.