भोजपुर घटना : उम्मेदवारलाई लक्षित गरी बम पड्काउने योजना रहेको खुलासा

भोजपुर घटना : उम्मेदवारलाई लक्षित गरी बम पड्काउने योजना रहेको खुलासा

भोजपुर : भोजपुरमा चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको छ। पौवादुङमा गाउँपालिका-२, तिवारी भञ्ज्याङस्थित गठबन्धनको चुनावी सभालाई केन्द्रित गरी बम पड्एिको थियो। उक्त घटनामा एक जना घाइते भएका छन्।

बुधबार चुनावीसभा चलिरहँदा उक्त घटना भएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको विशेष उपस्थितिमा हुने भनिएको उक्त चुनावी सभालाई लक्षित गरी बम पड्किएको हुनसक्ने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी शरतकुमार थापाका अनुसार विस्फोटबाट घाइते भएका अरुण गाउँपालिका ४, चरम्बीका सुमन श्रेष्ठ आफैंले बोकेको उक्त बम विस्फोट भएको हो। विस्फोटमा श्रेष्ठको बाँया खुट्टामा गहिरो चोट लागेको छ। घटनापछि उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराइएको थियो। 

‘दिउँसो ३ बजे दाहाल र महत हेलिकोप्टरबाट अवतरण हुने कार्यक्रम थियो। तर त्यसको डेढ घण्टाअघि नै बम विस्फोट भयो,’ जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर नितेशकुमार सिंहले भने। बम विस्फोटपछि दाहाल र महतको कार्यक्रम स्थगित भएको गठबन्धन दलका एक नेताले बताए। चुनावीसभा चलिरहँदा उम्मेदवारमाथि लक्षित गरी बम पड्काउने उद्देश्य हुँदाहुँदै उक्त घटना भएको हुनसक्ने उनले बताए।

स्रोतका अनुसार बम बोक्ने उक्त व्यक्ति केही समयअघिसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा आबद्ध थिए। यसअघिका विभिन्न गतिविधिमा पनि उनी विप्लव समूहबाट सक्रिय कार्यकर्ताको रूपमा रहेको बुझिएको छ। 

चुनाव विथोल्ने आपराधिक घटनाले मतदातालाई त्रसित बनाएको तिवारी भञ्ज्याङका स्थानीय पूर्ण श्रेष्ठले बताए। उनलर् भने, ‘चुनावी सभामा बम पड्किँदा यहाँका मतदातालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने स्थिति छैन। कसरी मतदान गर्नु।’

प्रहरीले घटनाको छानबिन गरिरहेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.