स्याङ्जाको अर्जुनचौपारीमा ११७ जना कांग्रेस प्रवेश
स्याङ्जा : चुनाव नजिकिँदै गर्दा स्याङ्जामा बुधबार १ सय १७ जना नेपाली कांग्रेस प्रवेश गरेका छन्।
नेकपा एमालेको आधार क्षेत्र रहेको अर्जुनचौपारी गाउँपालिकाको विभिन्न वडाका ११७ जना कांग्रेसमा प्रवेश गरेका हुन्।
एमाले निकट महिला संगठन जिल्ला सदस्य मैना थापाको नेतृत्वमा उनीहरू लोकतान्त्रिक बामगठबन्धनले आयोजना गरेको चुनावी सभामा उनीहरू प्रवेश गरेका बताइएको छ।
अघिल्लो पटक जिताएर पठाएका सांसदले विकासमा अर्घेलो व्यवहार गरेको भन्दै कांग्रेस प्रवेश गरेको उनीहरू बताउँछन्।
नवप्रवेशीलाई नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार राजु थापाले पार्टी सदस्यता प्रदानसहित दोसल्ला र मालाले स्वागत गरे।