हिउँका कारण मतदान केन्द्र पुग्नै कठिन

हिउँका कारण मतदान केन्द्र पुग्नै कठिन

जोमसोम : मुस्ताङ-डोल्पा सडकमा हिउँ थुप्रिएपछि पुनः सडक अवरुद्ध भएको छ। दसैंअघि परेको हिउँ अझै सडकमा  थुप्रिएको छ। 

सडकमा हिउँ थुप्रिएका कारण मतदान केन्द्रमा खटिएका कर्मचारीलाई  समयमै पुग्न कठिन छ। बारागुङ मुक्तिक्षेत्र-५ साङ्ता गाउँको हिमाली आधारभुत विद्यालय मतदान केन्द्र जोमसोमदेखि करिव ४० किलोमिटर यात्रा गर्नुपर्छ।  

यहाँ १३ घरधुरी छन् जसमा ३५ मतदाता छन्। निर्वाचन आयोगले मंसिर १ गते सबै मतदान केन्द्रमा आवश्यक मतदान सामाग्रीसहित उपस्थित हुनुपर्ने उल्लेख जनाएको छ। तर, मुस्ताङको साङ्ता मतदान केन्द्र जाने मुस्ताङ-डोल्पा सडकको दुई स्थानमा करिव एकसय मिटर हिउँ जमेकाले सवारीसाधन लैजान समस्या पर्ने देखिएको हो।

 
दुई साताअघि सोही स्थानको मतदान केन्द्र निरीक्षण गर्न मुस्ताङ प्रजिअ नेत्रप्रसाद शर्मा, मुख्य निर्वाचन अधिकृत लगायत सुरक्षाकर्मीको टोली गएको थियो। 

त्यसबेला पनि मुस्ताङ-डोल्पा सडकमा हिउँ जमेकाले सुरक्षाकर्मीले जेनतेन हिउँ पन्छ्याएर सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। त्यसअघि पनि वारागुङ मुक्तिक्षेत्रले डोजर परिचालन गरी सडकको हिउँ पन्छ्याएको थियो।

त्यसपछि हिमपात नभए पनि सडकमाथि पाखामा थुप्रिएको हिउँ भिरालो सतह भएकाले पुनः सडकमै आएको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए।

'मतदानको दिन नजिकिँदै छ, सडकमा  हिउँ छ,' वडाध्यक्ष गुरुङले भने, भोलि जाने भनेका कर्मचारीलाई पर्सि जानुस् भनेका छौं, भोलि डोजर लगेर हिउँ पन्छ्याउने छौं।'

साङ्तामा मतदान केन्द्र छ, गाउँमा मतदाता छैनन् 

भौगोलिक रूपले अन्त्यन्तै विकट मानिएको साङ्ता गाउँमा मतदान केन्द्र तोकिएको छ। अत्यधिक चिसो बढेसँगै अहिले स्थानीयवासी गाउँमा नरहेको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए। 
बर्खायाममा ८ महिना गाउँमा र ४ महिना गाउँबाट अन्यन्त्र बसाई सर्ने साङ्ताका बासिन्दा अहिले  जोमसोम, फल्याक, धाकार्जुङ र तिरी आएर बसेको वडाध्यक्ष गुरुङले बताए। 

साङ्तेलीका मतदाताहरू चिसोका कारण गाउँ छोडेर अन्यत्र बसेपनि मंसिर ४ गतेको चुनावमा भोट खसाल्न जाने वडाध्यक्ष गुरुङले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.