सडकमा हिउँ, मतदान केन्द्र जानै कठिन

सडकमा हिउँ, मतदान केन्द्र जानै कठिन

जोमसोम : मुस्ताङ–डोल्पा सडकमा हिउँ थुप्रिएपछि पुनः सडक अवरुद्ध भएको छ। मौसम प्रतिकूलतासँगै दसैंअघि परेको भारी हिमपात  अझै मुस्ताङ–डोल्पा सडकमा जमेर बस्दा पटक–पटक सडकमा हिउँ थुप्रिन पुगेको हो। 

सडकमा हिउँ थुप्रिएसँगै मंसिर ४ गतेको लागि मतदान केन्द्रमा खटिएका कर्मचारी समयमै पुग्न कठिन पर्ने देखिएको छ। जोमसोमदेखि करिब ४० किमी उत्तर-पश्चिमतर्फको वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँको हिमाली आधारभुत विद्यालय मतदान केन्द्रमा जाने कर्मचारी र सुरक्षाकर्मीलाई त्यहाँ पुग्न कठिन पर्ने देखिएको छ। कुल १३ घरधुरी रहेको साङ््तामा ३५ मतदाता छन््। मतदान, मतदान केन्द्रको पूर्वाधार निर्माण तथा व्यवस्थापन, आवश्यक तयारी र सर्वदलीय बैठक बसेर मतदान प्रक्रियाअघि बढाउन निर्वाचन आयोगले मंसिर १ गते सबै मतदान केन्द्रमा आवश्यक मतदान सामाग्रीसहित उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ। 

तर, मुस्ताङको साङ््ता मतदान केन्द्र जाने मुस्ताङ–डोल्पा सडकको दुई स्थानमा करिब एक सय मिटर हिउँ जमेकाले सहजै सवारीसाधन लैजान समस्या पर्ने देखिएको हो। दुई साताअघि सोही स्थानको मतदान केन्द्र निरीक्षण गर्न मुस्ताङ प्रजिअ नेत्रप्रसाद शर्मा, मुख्य निर्वाचन अधिकृतलगायत सुरक्षाकर्मीको टोली साङ्ता पुगेको थियो। त्यसबेला पनि मुस्ताङ–डोल्पा सडकमा हिउँ जमेकाले सुरक्षाकर्मीले जेनतेन हिउँ पन्छ्याएर सडक मार्ग काम चलाउ गराएका थिए। त्यसअघि पनि वारागुङ मुक्तिक्षेत्रले डोजर परिचालन गरी सडकको हिउँ पन्छ्याएको थियो। तर, त्यसपछि हिमपात नभए पनि सडकमाथिको पाखोका थुप्रिएको हिउँ भिरालो सतह भएकाले पुनः सडकमै आएर थुप्रिन पुगेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए। 

‘निर्वाचन नजिकिँदै छ। सडक हिउँ फेरि जस्ताको त्यस्तै छ,’ वडाध्यक्ष गुरुङले भने, ‘भोलि जाने भनेका कर्मचारी पर्सी जानुस् भनेका छौं। भोलि गापाले डोजर लगेर हिउँ पन्छ्याउन पहल गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.