अर्घाखाँचीमा भुसाल कि रायमाझी ?

अर्घाखाँचीमा भुसाल कि रायमाझी ?

सन्धिखर्क : अर्घाखाँचीमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट पूर्वउपसभामुख पुष्पा भुसाल र नेकपा एमालेबाट पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचनका लागि ११ जना संघमा उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा भुसाल र रायमाझीबीच हुने भएको छ।

२०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चालगायतका गठबन्धन दलबाट नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका रायमाझीले अहिले एमालेको एकल उम्मेदवारका रूपमा सूर्य चिह्नबाट उम्मेदवारी दिएका छन्। आर्थिक समृद्धि र मुलुकको विकासका लागि आफ्नो जित हुने नेता रायमाझीको भनाइ छ। २०७४ को वामगठबन्धनमा माओवादीबाट एमाले र राष्ट्रिय जनमोर्चाको सहयोगमा उनले चुनाव जितेका थिए। रायमाझी नेकपा विभाजनपछि माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका हुन्। 

अहिलेको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीलगायतका दलको समर्थनबाट लोकतान्त्रिक वामगठबन्धनको तर्फबाट कांग्रेसका नेता भुसालको उम्मेदवारी परेको छ। जिल्लाको विकासका लागि आफ्नो जित हुने नेता भुसालको भनाइ छ। उनले जिल्लामा विकासका नाममा आएको बजेटको अडिट अर्घाखाँचीवासीले गर्नुपर्ने बताइन्। यता, २०६४ को पहिलो संविधानसभा चुनावमा पुष्पाले तत्कालीन निर्वाचत क्षेत्र २ बाट चुनाव जितेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.