ताप्लेजुङका चीन र भारतसँग जोडिएका सिमानाका बन्द

ताप्लेजुङका चीन र भारतसँग जोडिएका सिमानाका बन्द

ताप्लेजुङ : दुई देशसँग सिमाना जोडिएको ताप्लेजुङमा तीन सिमानाका बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मंसिर १ गते बिहीबार मध्यरातिदेखि मंसिर ४ गते मतदान कार्य सम्पन्न नभए सम्मका लागि नाका बन्द रहने जनाएको हो । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सिमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । नेपालका ७७ जिल्लामध्ये ताप्लेजुङ र र दार्चुलाले मात्र भारत र चीन दुबैलाई छोएका छन् ।

यता तीन दिन जिल्लाभरी मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न प्रतिबन्ध गरेको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन स्वच्छव, निष्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन निर्देशिकाको व्यवस्था अनुसार उक्त निर्णय भएको बताए । निर्णय विपरित कार्य गरे प्रचलित कानुन बमोजिम कारबाही हुने प्रजिअ पोखरेलले जानकारी दिए ।

मंसिर १ गते बिहीबार मध्यरातिदेखि मतदान कार्य सम्पन्न नभए सम्मका लागि जिल्लाभरी कोहिकसै व्यक्तिले कुनैपनि प्रकारको हातहतियार लिएर हिँड्न समेत प्रबन्ध गरिएको प्रशासन कार्यालयले जनाएको छ । 

प्रशासनको सूचना बिपरित कसैले हातहतियार लिएर हिँडेमा कानुन बमोजिम कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.