बिजुक्छेले भने- 'ठूला दल पैसा बाँड्न व्यस्त छन्'

बिजुक्छेले भने- 'ठूला दल पैसा बाँड्न व्यस्त छन्'

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले  ठूला दलहरू पैसा बाँडेर मत आफूहरूतिर आकर्षित गर्न लागेका आरोप लगाएका छन्। 

निर्वाचन प्रचारप्रसारको अन्तिम रात बिहीबार आफूहरू जनतालाई राजनीतिक चेतना दिन आमसभामा व्यस्त रहेका बेला ठूला दलहरू पैसा बाँडेर मत आफूहरूतिर आकर्षित गर्न व्यस्त रहेको उनको आरोप छ।

पार्टीले बिहीबार राति भक्तपुरको टौमढीमा गरेको अन्तिम चुनावी सभामा बिजुक्छेले काठमाडौं उपत्यकामै ठूला दलहरू पैसा, सामान, दाल, चामललगायत वितरण गरी राजनीतिक रूपमा सचेत हुन नसकेको जनताको मत आकर्षित गरिरहेको दावी गरे। 

'काठमाडौ उपत्यकामै ठूला दलहरू घरघरमा पैसा बाँडेर मत तानिरहेका छन्, उनले भने, काठमाडौं उपत्यकाभित्रै यस्तो देखिएको बेला देशका अन्य दुरदजारमा के होला सबैले सजिलै अनुमान गर्न सक्छन्।'

घरघरमा प्रतिव्यक्ति खाममा पाँच पाँच हजार राखेर पैसा बाँडिरहेको खबर आएको उनको भनाइ थियो। 

उनले निष्पक्ष निर्वाचन हुन सकेमा आफूहरू भक्तपुरमा मात्रै नभई देशका धेरै जिल्लाबाट जितेर आउने दावी गरे। यो पटक आफूहरूले देशका ५८ जिल्लामा चार सय २७ जना उम्मदवार उठाएको उनले जनाए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.