वीरगन्जमा १० हजार नक्कली मतपत्र, २५० थान स्वस्तिक छापसहित दुईजना पक्राउ

वीरगन्जमा १० हजार नक्कली मतपत्र, २५० थान स्वस्तिक छापसहित दुईजना पक्राउ

वीरगन्ज : वीरगन्जबाट १० हजार नक्कली मतपत्र र नगदसहित दुईजना पक्राउ परेका छन् ।

वीरगन्जको बसपार्क सडकखण्डबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ ।  

नक्कली मतपत्र र नगदसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।

बाराको कलैयाबाट वीरगन्ज आउँदै गरेको बा. प्रदेश १–१०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित ठूलो परिणाममा नक्कली मतपत्र फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका  प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.