मकवानपुरको सबै मतदान केन्द्रमा सुरक्षा प्रबन्ध

मकवानपुरको  सबै मतदान केन्द्रमा सुरक्षा प्रबन्ध

हेटौंडा : मकवानपुरको ३६४ वटै मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गर्न  सुरक्षा व्यवस्था मिलाइएको हो। 

शुक्रबार जिल्ला सुरक्षा समितिको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीहरूले सबै मतदान केन्द्रमा सुरक्षा प्रबन्ध मिलाइएको जानकारी गराएका हुन्। 

जिल्लाका २० अति संवेदनशील, केही संवेदनशील र बाँकी सबै मतदान केन्द्रहरूमा उच्च सुरक्षा दिनका लागि सुरक्षाकर्मीहरू खटिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कंडेलले जानकारी दिए। उनले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुनसमेत आग्रह गरे। 

प्रत्यक मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरीले तथा बाहिरी घेरामा नेपाली सेना खटिने कंडेलले बताए। दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख ७७८ जना मतदाता रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.