भोट हाल्न गाउँ फर्किँदै मतदाता
जोमसोम : पोखरा तथा काठमाडौं बस्ने तथा जाडो छल्न बेसी झरेका मुस्ताङका मतदाता भोट हाल्न गाउँ फर्किएका छन्।
आफ्ना रोजाइका उम्मेदवारलाई भोट हाल्न बुधबारदेखि बसको बुकिङ सुरु भएको मुस्ताङ-मुक्तिनाथ यातायातका कर्मचारी भरत बानियाले जानकारी दिए
घाँसा प्रहरी चौकीका अनुसार कात्तिक ३० गतेदेखि विभिन्न सवारी साधन तथा पैदलयात्रा मार्फत घर फर्कनेको भीड लागेको छ। यो अवधिमा करिब २ हजार मतदाता गाउँ फर्किएका छन्।
हवाइसेवा प्रयोग गर्नेको संख्या पनि बढेको छ। केही आफैं जिल्ला आएका छन् धेरैलाई राजनीतिक दलले ल्याएका छन्। मुस्ताङमा चार राजनीतिक दलका ९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
मुस्ताङमा १० हजार ९५७ जना मतदाता छन्। मुस्ताङमा एक अस्थायीसहित ३९ मतदान केन्द्र छन्।