हिउँ पन्छ्याउँदै कर्मचारीलाई मतदान केन्द्र पुर्‍याइयो

हिउँ पन्छ्याउँदै कर्मचारीलाई मतदान केन्द्र पुर्‍याइयो

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ साङ्ता गाउँस्थित हिमाली आधारभूत मतदान केन्द्रमा शुक्रबार मात्रै कर्मचारी पुगेका छन्। 

निर्वाचन आयोगले तोकेको समयसीमाभन्दा एकदिन ढिलो गरी उनीहरू शुक्रबार मतदान केन्द्रसम्म पुगेका हुन्। 

मुस्ताङ-डोल्पा सडक माथिको करिव एकसय मिटर दूरीमा रहेको बाँक्लो हिउँ डोजर र सुरक्षाकर्मीको सहयोगमा हिउँ पन्छ्याउँदै उनीहरूलाई मतदान केन्द्रसम्म पुर्‍याइएको हो। 

सडक माथिको हिउँ पन्छ्याइएसँगै मतदानका लागि खटाइएका कर्मचारी केन्द्रमा पुगेका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार उक्त मतदान केन्द्रमा मतदान अधिकृतसहित सात जना कर्मचारी र सात जना सुरक्षाकर्मी पुगिसकेको बताए। 

३८ मतदान केन्द्रमा  बिहीबार नै मतदान अधिकृतसहित कर्मचारी मतपत्र तथा सामग्री बुझेर सम्बन्धित मतदान केन्द्रमा पुगेका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.