मुख्यमन्त्रीका स्वकीय सचिवबाट मौन अवधिको अवज्ञा
भोजपुर: प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु भएपनि भोजपुरमा आचारसंहिता विपरीत प्रचारबाजी बढेको छ ।
प्रदेश १ का मुख्यमन्त्री तथा गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राईका स्वकीय सचिव भद्र पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा भोट मागेका हुन् ।
पराजुलीले मतपत्रको नमूनासहित मुख्यमन्त्री राईका लागि मत माग्दै फेसबुकमार्फत सार्वजनिक गरेका छन् । निर्वाचन आयोगले बिहीबार राती १२ बजेदेखि मौन अवधि सुरु भएको भनेपनि उनले आचारसंहिताको उल्लघंन गर्दै भोट मागेका हुन् ।
पराजुलीले गरेको अवज्ञामाथि लिखित उजुरी आएपछि आवश्यक कारबाही अगाडि बढाईने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।