मतदाता भन्छन्: कसरी भोट हाल्ने थाहा छैन

मतदाता भन्छन्: कसरी भोट हाल्ने थाहा छैन

जाजरकोट: छेडागाड-२ साल्मा मझेरीकी ५६ वर्षीय अम्बादेवी खड्कालाई कति ठाँउमा मत हाल्नु पर्छ र कसरी हाल्नु पर्छ भन्ने बारे अहिलेसम्म थाहा छैन । उनलाई कसैले अहिलेसम्म सिकाएको पनि छैन । 

भोट माग्न उम्मेदवार पुगेनन् । अनि मतदाता शिक्षा दिन पनि कोही आएन । नेता गाँउमा आएर भाषण गरेर जाने गरे पनि भोट यसरी हाल्ने कसैले सिकाएनन् । अम्बादेवी भन्छिन्, ‘दुई ठाँउमा तल र माथि मत हाल्नु पर्छ भन्ने सुनेकी छु । तर कसरी हाल्ने र कति मतपत्रमा मत हाल्ने केही थाहा छैन ।’

सोही ठाँउकी ६७ वर्षीया आइती नेपालीलाई पनि मत हाल्ने बारे केही थाह छैन । उनलाई कसैले सिकाएका पनि छैनन् । भन्छिन्, ‘चुनावको अघिल्लो दिन श्रीमान र छोराले फलानो उम्मेदवारलाई भोट दिने भनेर निर्णय गर्छन । भोट पनि आफैँ हालिदिन्छन् । मैलै अहिलेसम्म मत हाल्न पाएकी छैन । मेरो नङ्गमा मसि लगाइदिन्छन् । म आँखा देख्दिन भन्छु अनि श्रीमान र छोराले मत हालिदिन्छन म नजिकै गएर उभिने मात्र हो । मत हाल्न नपाउने भएकोले कसरी हाल्ने भनेर सिक्ने इच्छा पनि भएन र कोही सिकाउन पनि आउँदैनन् ।’ 

मत माग्नसमेत आफुसंग नआउने गरेको उनले सुनाइन । श्रीमान र छोराहरुसंग भोट मागेर नेताहरु फर्कन्छन् । हामी संगै मत नै माग्दैनन् ।

जिल्लाका धेरैजसो महिला आफैँ भोट हाल्दैनन् । अशिक्षित महिलाको संख्या पनि जिल्लामा निकै छ । अशिक्षित महिला र पुरुषले मत बदर गर्ने संभावना धेरै रहन्छ । गत स्थानीय तहको निर्वाचनमा करीब १२ प्रतिशत मत बदर भएको थियो । 

मत कसरी हाल्ने भन्ने बारे मतदाता शिक्षा प्रभावकारी नहुँदा मत कसरी हाल्ने भन्ने बारे अनभिज्ञ छन् । मत कति ठाँउमा हाल्नु पर्छ भन्ने बारे अहिले सम्म पनि छेडागाड नगरपालिका ४ दशेरा जेवा कि ५७ वर्षीया कलसी चदारालाई जानकारी छैन । एउटा मत केन्द्र र अर्को मत प्रदेशमा दिनुपर्छ भन्ने सुनेकी छु । अरु केही थाहा छैन । 

 प्रत्यक्षमा चुनाव लडेका उम्मेदवारको गाउँघरमा चर्चा परिचर्चा भएपनि समानुपातिक मत बारे स्थानीयलाई खासै जानकारी छैन । चार ओटा मतपत्रमा भोट हाल्नुपर्छ भन्ने बारे धेरै मतदाता अनभिज्ञ छन् । सरकारले जिल्ला निर्वाचन कार्यालय मार्फत मतदाता शिक्षामा करोडौ रुपैया खर्च गरेको भएपनि ग्रामिण भेगमा मतदाता शिक्षा पुग्न नसकेको स्थानीयको गुनासो छ । 

जिल्ला निर्वाचन कार्यालयले स्वास्थ्य स्वयमसेविका मार्फत मतदाता शिक्षा दिएको दावी गरेपनि उनीहरुले मतदाता शिक्षा प्रदान नगरेको स्थानीयको भनाइ छ । निमित्त जिल्ला निर्वाचन अधिकारी नविन कठायतले समयमा स्वास्थ्य स्वयमसेविकालाई मतदाता शिक्षा तालिम दिएर खटाउन ढिलाई भएका कारण समस्या देखिएको बताए । 

उनले मतदाता शिक्षा प्रभावकारी बनाउन निर्देशन दिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.