नमुना मतपत्रसहित २ जना पक्राउ

नमुना मतपत्रसहित २ जना पक्राउ

महोत्तरी : महोत्तरी प्रहरीले नमुना मतपत्र सहित गौशालाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। गौशाला नगरपालिका-१० वटौवाबाट १९४ थान नमुना मतपत्र हित प्रहरी निरीक्षक विशाल सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका-१ का ७४ वर्षीय भवानीबहादुर थापा र बर्दिवास नगरपालिका-५ का ३९ वर्षीय पदम पौडेल रहेको छ। 

प्रहरीका अनुसार बागमती प्रदेश ३ ०१ ०२३ च ३७८० नम्बरको गाडीको डिक्कीभित्र सो मतपत्र लिएर जाने क्रममा प्रहरीले चेकजाँच गर्दा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बरामद भएको मतपत्र, गाडी र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिएका छन्। 

मौन अवधि (स्थिर समय) नमुना मतपत्र लगायतका निर्वाचन सामग्री प्रयोग गरिएको भन्दै खबर आएपछि घटनास्थल पुगेका प्रहरीले उनीहरुलाई पक्राउ गरेको डीएसपी पोखरेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.