वर्षा र पुष्प अभिनित 'नखरा कबुल' सार्वजनिक

वर्षा र पुष्प अभिनित 'नखरा कबुल' सार्वजनिक

काठमाडौं : कवाली शैलीको 'नखरा कबुल' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा स्वर उड्यन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको रहेको छ।  

गीतमा नारायण नेपालको शब्द रहेको छ भने शशीविक्रम थापाको संगीत छ। यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्काले अभिनय गरेका छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। 

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो गायक राणाको युट्युब च्यानल 'विकास राणा अफिसिएल' मार्फत सार्वजनिक भएको हो। 

यसअघि गायक राणाको स्वरमा समावेश 'प्रेमको परिभाषा', 'गालाको तिलैमा', 'तीनपाने', 'मुसुक्कै हास्यौ', 'शैलुङ' बोलका गीतहरू सार्वजनिक भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.