वर्षमान पुनले गरे रोल्पामा मतदान

वर्षमान पुनले गरे रोल्पामा मतदान

रोल्पा : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा मतदान गरेका छन् । पुनले बिहान ७:३० बजे रोल्पा नगरपालिका-७ स्थित बालउदय मा. वि. केन्द्रबाट मतदान गरेका हुन् । पुन सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । 

देशभर एकैचरणमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो। यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक गरी २७५ सिटका लागि निर्वाचन भएको हो। प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ५५० सिटका लागि निर्वाचन हुन्छ। यी सबै ८ सय २५ सिटमा कुल १२ हजार ९३ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतिरको १६५ सिटका लागि २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन्। 

प्रतिनिधिसभाकै समानुपातिकतर्फको ११० सिटका लागि २ हजार ४०२ उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटका लागि ३ हजार २ सय २४ र समानुपातिकतर्फ २ सय २० सिटमा ४ हजार ५५ जनाको उम्मेदवारी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.