कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरे मतदान

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरे मतदान

झापा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार बनेका कांग्रेस नेता सिटौलाले भद्रपुर नगरपालिका-१० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट आज बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन्। 

सिटौलासँगै उनकी श्रीमती कविताले पनि त्यही केन्द्रमा मतदान गरेकी थिइन्। सिटौलाको झापा क्षेत्र नम्बर ३ निर्वाचन क्षेत्र भएकाले उनले आफुलाई मतदान गर्न पाएनन्। उनले झापा १ का उम्मेदवारलाई मतदान गरे। ७ बजे नै मतदान स्थल पुगेका सिटौला १५ मिनेट लाइनमा बस्नु परेको थियो। कर्मचारीलाई मतदान व्यवस्थापन मिलाउन केही ढिला भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.