अर्घाखाँची कारागार केन्द्रमा शतप्रतिशत मत खस्यो
सन्धिखर्क: अर्घाखाँचीको अस्थायी मतदान केन्द्र रहेको जिल्ला कारागार कार्यालयमा शत प्रतिशत मत खसेको छ ।
७१ जना कैदी बन्दी रहेको अर्घाखाँची कारागारमा २८ जना कैदी बन्दीको अस्थायी मतादाता नामावलीमा नाम रहेको र सबै कैदी बन्दीले मत खसाली सकेको जिल्ला कारागार कार्यलयका प्रमुख जेलर तथा मतदान अधिकृत रचना बुढाथोकीले जानकारी दिइन ।
अस्थायी मतदान केन्द्र रहेको कारागार कार्यालयमा २८ जना कैदी बन्दी र ३ जना कर्मचारी गरी ३१ मत खसेको र मतदान प्रकृया सम्पन्न भै सकेको छ । जिल्लाका ९७ मतदान स्थलका २ सय २ मतदान केन्द्रमा शान्ती पुर्ब तवरमा निर्बाचन चलिरहेको अर्घाखाँचीका मुख्य निर्बाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्टराईले बताए ।
अहिले १ बजे सम्मको समयमा जिल्लाभर २५ प्रतिशत मत खसेको जिल्ला निर्बाचन अधिकृत सुरेस भण्डारीले बताए । एक प्रतिनिधि सभा र २ प्रदेश सभा रहेको अर्घाखाँची जिल्लामा १ लाख ६४ हजार ७ सय ६८ मतदाता छन् ।