स्याङ्जामा हवाई फायर, डेढ घन्टा मतदान स्थगित
स्याङ्जा : एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा स्याङ्जाको चापाकोट नगरपालिका-१ को मतदान स्थलमा हवाई फायर भएको छ।
मतदानको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रण लिन हवाई फायर गर्नुपरेको एसपी राजीवबहादुर बस्नेतले अन्नपूर्णलाई जानकारी दिए।
चापाकोट नगरपालिका- १ को आधिचौघेरास्थित भानु मावी मतदान केन्द्रमा विवाद हुँदा करिब डेढ घन्टा मतदान स्थगित भएको थियो।
अहिले स्थिति नियन्त्रणमा आएको र मतदान प्रक्रिया अघि बढेको एसपी बस्नेतले बताए।