देशभर ६९ राउण्ड हवाइ फायर, २८ मध्ये ८ ठाउँमा बम विस्फोट

देशभर ६९ राउण्ड हवाइ फायर, २८ मध्ये ८ ठाउँमा बम विस्फोट

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्था खलबलिएपछि नियन्त्रणमा लिनका लागि देशभरिका विभिन्न मतदान केन्द्रमा सुरक्षाकर्मीले ६९ राउण्ड हवाइ फायर गरेका छन्। मतदान स्थलमा दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनअनुसार सबैभन्दा धेरै दोलखामा २६ राउण्ड, हुम्लामा १८ राउण्ड, बाजुरामा ५ राउण्ड, डोटी र ताप्लेजुङमा ४-४ राउण्ड, दार्चुला, रौतहट र सिरहामा ३-३ राउण्ड, स्याङ्जामा २ राउण्ड र चितवनमा १ राउण्ड हवाइ फायर भएको भएको हो। 

त्यस्तै निर्वाचनका क्रममा देशभरि २८ स्थानमा बम फेला परेको प्रतिवेदनमा उल्लेख छ। त्यसमध्ये ८ वटा विस्फोट हुँदा दुई जना घाइते भएका छन्।  

इन्सेकले देशभरि पर्यवेक्षकमार्फत् प्रतिवेदन तयार पारेको थियो। इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले उक्त प्रतिवेदन आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाएका छन्। कार्यकारी निर्देशकका अनुसार देशभरि करिब ६२ प्रतिशत मत खसेको हो। जसमा युवाहरुको सहभागिता एकदमै न्युन रहेको उनको भनाइ छ। 

प्रतिवेदन बुझ्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता शिक्षालाई पाठ्यक्रममै समावेश गराउनुपर्ने बताएका थिए। उनले चार वटा मतपत्र भएकाले पनि केही कठिनाई आएको र त्यसलाई आगामी दिनमा परिस्कृत बनाउँदै लैजाने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.