उत्साहलाई छेकेन बुढेसकालले

उत्साहलाई छेकेन बुढेसकालले

भोजपुर : भोजपुर नगरपालिका—८ पोखरेका ९४ वर्षीया ललितमाया कार्की एकाबिहानै नातिसँग मतदाता परिचयपत्र बोकेर स्थानीय सरस्वती आधारभूत विद्यालयको प्रागंणमा पुगिन्। करिब ८ सय मतदाता रहेको उक्त वडामा सबैभन्दा पहिलो मतदान गर्ने मतदाताको रूपमा कार्कीलाई पालो दिइयो। उनी आफूलाई दिएको पहिलो प्राथमिकताबाटै हर्षित बनिन्। बुढेसकालमा आफ्नो मताधिकार गर्दा उनको खुसीको सीमा रहेन।

‘अर्को चुनावसम्म भोट दिन भेटिन्छ कि भेटिन्न कुनै टुंगो छैन ! एकपल्ट भए पनि भोट हालेर आउँ भनेर लट्ठी टेक्दै भए पनि भोट दिन आएँ, भोट लगाएँ’ कार्कीले भनिन्, ‘मतदान गर्न पाउँदा धेरै खुसी लागेको छ, हाम्रो भोट खेर नजाओस्, अब कति बाँचिएला र  !’ उमेरले पाको भए पनि बाँचुञ्जेल विकास र समृद्धि देख्न चाहने ज्येष्ठ नागरिकको यसपटक उत्साहजनक सहभागिता देखिएको छ। भोजपुर नगरपालिका—७, डाँडागाउँकी ८५ वर्षीया जयमाया तामाङ पनि आइतबारको चुनावमा निकै उत्साहित देखिइन्। भोजपुर सदरमुकामको टुँडिखेल मतदान केन्द्रमा उनले छोरा र बुहारीसँगै बैसाखी टेक्दै मतदान गरिन्। भनिन्, ‘मेरो सपना धेरै विकास होस् भन्ने हो, मेरो भोट पनि धेरै विकास गर्नेलाई हो, हामी बूढाबूढीको हेरचाह र खुसी साकार पार्ने होस्।’

यसपटक भोजपुरबाट करिब पाँच हजारभन्दा बढी ज्येष्ठ नागरिकले मतदान गरेका छन्। ज्येष्ठ नागरिकहरू वृद्धवृद्धाका समस्या र दुःखकष्ट सुनिदिने जनप्रतिनिधि छान्नमा उत्सुक देखिएका छन्। आफ्ना पुस्ताका समस्या सम्बोधन गर्नेलाई नै भोट दिने भोजपुर नगरपालिका वडा नं ८, बरबोटका ९५ वर्षीय उजिरबहादुर प्रधान सुनाउँछन्। भन्छन्, ‘चुनावमा जितेर जानेले हामीजस्ता बूढाबूढीको समस्या बुझिदेओस्, गाउँठाउँ विकास गरुन्, हाम्रा सन्ततिले दुःख नपाउन्, सबै सुखी होउन् भन्ने चाहान्छु।’

संघ र प्रदेश निर्वाचनका लागि भोजपुरका ९ स्थानीय तहका ८१ वडामा ८७ मतदानस्थल र १ सय ५७ मतदान केन्द्र निर्धारण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.