खुम्बुको उच्चस्थानको मतपेटिका ढुवानीमा चुनौती

खुम्बुको उच्चस्थानको मतपेटिका ढुवानीमा चुनौती

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ को माथिल्लो क्षेत्रको मतपेटिका ढुवानीमा चुनौती देखिएको छ । अत्याधिक चिसोका कारण मतपेटिका फुट्ने र मतपेटिकामा प्रयोग गरिएको सिल आफै भाँचिने सम्भावना रहेको मतदान अधिकृतले बताएका छन् । 

जिल्लाको सबैभन्दा अग्लो स्थान ४ हजार मिटर उचाईको मतपेटिका सिल गर्ने क्रममा चिसोले भाँचिने समस्य भएपछि केहि समय तातो पानीमा ढुबाएर सिल गरिएको थियो । तर ढुवानीको क्रममा ति सिलहरु भाँचिन सक्ने भएकाले अत्यन्त चुनौती रहेको निर्वाचन अधिकृत ङवाङ दोर्जी बाहिङले बताए ।

उक्त मतदान केन्द्रबाट भरियामार्फत नाम्चेसम्म मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले थोरै प्रेसर पर्दा समेत चिसोले फुट्ने र भाँचिने सम्भावना हुने उनको भनाई छ ।  उनका अनुसार ३८४ जना मतदाता रहेको पाङबोचे मतदान केन्द्रमा  १५९ मत अर्थात ४१.४० प्रतिशत मत खसेको छ । 

खुम्बुको वडा नम्बर १ क्षेत्रको दुई वटा केन्द्रका मतपेटिका गाडीमार्फत मतगणना स्थल सल्लेरी ल्याइएको छ भने बाँकी ९ वटा केन्द्रको पेटिका आज हेलिकप्टर मार्फत ल्याउने तयारी गरिएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ५ हजार ९ सय ८७ मतदातामा २ हजार ६ सय ४७ अर्थात ४४.२१ प्रतिशत मत खसेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.