जाजरकोटमा अस्तव्यस्त मतपेटिका, बुझाउनै सकस
जाजरकोट : जाजरकोटमा चुस्त व्यवस्थापनको अभावमा मतपेटिका अस्तव्यस्त तरिकाले मुख्य निवाचन अधिकृतको कार्यालय अगाडि राखिएका छन् ।
कार्यालयको व्यवस्थापनको अभावमा मतदान अधिकृतलाई मतपेटिका बुझाउन सकस परेको छ ।
एक मतदान अधिकृतका अनुसार बिहानदेखि लाइन बस्दा पनि अझै पालो आएको छैन । केहि मतपेटिका सील तोडिएको अवस्थामा आइपुगेका छन् । ट्याक्टरमा ल्याएका कारण समानुपातिकका केहि मतपेटिका फुटेको र सील तोडिएको अवस्थामा रहेका छन् ।
सर्वदलीय सहमतिका आधारमा ती मतपेटिका व्यवस्थापन गर्नेबारे टुंगो लगाइने भएको छ । जुनिचादे गाउँपालिकाबाहेक अन्य सबै पालिकाको मतपेटिका सदरमुकाम आइपुगेको छ ।
जुनिचादेको मतपेटिका दिउँसो २ बजेसम्म आइपुग्ने भएकाले त्यसपछि मात्र मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत केशवराज चपाइले बताए ।