भक्तपुर-२ मा दुर्लभ थापाको अग्रता कायमै
भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाको अग्रता कायमै रहेको छ । अहिले दिउँसो साढे ११ बजे सार्वजनिक भएको मत परिणाम अनुसार थापा फराकिलो मतका साथ अगाडि बढेका हुन् ।
थापाले चार हजार एक सय १२ मत पाएका छन् । एमालेका बस्नेतले तीन हजार ६ सय ८० मत पाएका छन् ।
भक्तपुर क्षेत्र न १ क चाँगुनारायण प्रदेश सभाको पहिलो चरणको मतपरिणाम पनि सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसका सुरेश श्रेष्ठले अग्रता लिएका छन् । सुरेशले आठ सय ४४ मत पाएका छन् ।
उनलाई एक सय ८७ मत ल्याइ हलोले पछ्याइरहेको छ । एमालेका मोहनवीर श्रेष्ठले एक सय ६० मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ४८ मत पाएको छ ।
त्यस्तै चाँगुनारायण नगरपालिका वडा नं १ चाँगु मावि क र ख मतदान केन्द्रको मतगणना सुरु गरिएको छ। भक्तपुर क्षेत्र नं १ को मतगणणा बिहान नौ बजेदेखि नेपाल विद्युत प्राधीकरण खरिपाटी केन्द्रबाट सुरु भएको हो । क्षेत्र नं २ को भने राति दुई बजेबाट नै सुरु भएको थियो ।
भक्तपुर २ को मतगणना मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ । यहाँ कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतलाई पछाडि पार्दै अगाडि बढेका छन्।