खुम्बुका १० मतपेटिका हेलिकोप्टरबाट सल्लेरी ल्याइयो

खुम्बुका १० मतपेटिका हेलिकोप्टरबाट सल्लेरी ल्याइयो

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रको १० थान मतपेटिका हेलिकोप्टर मार्फत सल्लेरी ल्याइएको छ। 

खुम्बु पासङ ल्हामु गाउँपालिका ५ नाम्चेम सङ्कलन गरिएको मतपेटिका मध्ये पहिलो लडमा नेपाली सेनाको हेलिकोप्टरबाट १० थान मतपेटिका फाप्लु झारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहले जानकारी दिए। 

डिएसपी शाहका अनुसार हेलिकोप्टरमा प्रति पटक १० थान मात्रै मतपेटिका अट्ने भएकाले ४ फ्लाइड गरिने भएको छ।

११ वटा मतदान केन्द्र रहेको खुम्बुमा खरिखोलाको २ वटा केन्द्रको मतपेटिका गाडी मार्फत सल्लेरी लयाइएको छ भने ९ वटा केन्द्रको ३६ वटा मतपेटिका हेलिकोप्टरबाट ल्याइँदै छ।

 माथिल्लो भेगको मतपेटिका लुक्ला र नाम्चेमा सङ्कलन गरि हेलिकोप्टर मार्फत ल्याइने भएको हो। 

आइतबार (हिजो) भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ५ हजार ९ सय ८७ मतदाता मध्ये २ हजार ६ सय ४७ अर्थात ४४।२१ प्रतिशत मत खसेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.