सुरु भयो मकवानपुरमा मतगणना

सुरु भयो मकवानपुरमा मतगणना

हेटौंडा : मकवानपुरमा मतगणना सुरु भएको छ । बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना झण्डै डेढ घण्टा पछि मात्रै सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । 

सुरुमा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर ४ को मतगणना भइरहेको छ । 

हेटौंडा–२ स्थित सिद्धार्थ स्कुलमा तारजाली र सिसिटिभी क्यामेरा जडान गरेर मतगणनास्थल व्यवस्थित बनाइएको छ । 

मतगणनालाई व्यवस्थित र पारदर्शी तवरले सम्पन्न गर्न उम्मेदवारका प्रतिनिधिहरुलाई मतगणनास्थलको प्रत्येक्ष अवलोकन गर्ने प्रबन्ध मिलाइएको छ । 

जिल्लाको ३६४ मतदान केन्द्रमा कूल १ लाख ७८ हजार २८२ मत खसेको थियो । 

दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको मकवानपुरमा कूल ३ लाख ७३३ मतदाता रहेका छन् । मतदाता संख्याको आधारमा ५९.३ प्रतिशतमात्रै मत खसेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.