पर्सा १ र २ मा मतगणना सुरु

पर्सा १ र २ मा मतगणना सुरु

वीरगन्ज: पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना सोमबार दिउँसोदेखि सुरु भएको छ । 

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा दुवै क्षेत्रको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एकै पटक मतगणना दिउँसो १.३० बजेदेखि सुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । 

क्याम्पसको मतगणना स्थलमा पर्सा १ र २ को गरी ६ वटा कोठामा मतगणना जारी रहेको उनले बताए । 

पर्सा ३ र ४ को मतगणना पनि केही बेर मै सुरु गर्ने तयारी भइरहेको उनले जानकारी गराए । पर्सा ३ र ४ को मतगणनास्थल पोखरीया नगरपालिका ४ को जिल्ला उच्चांगल रामदेवप्रसाद कलवार माविमा तोकिएको छ । 

पोखरेलका अनुसार, पर्सा जिल्लाका ४ वटै प्रतिनिधि सभा र ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्र गरी ६९  प्रतिशत मतदान भएको थियो ।
 
पर्सा जिल्लामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ हजार ८ महिला र अन्य १६ गरी कुल मतदाता ३ लाख ४५ हजार ९ सय २८ जना रहेकोमा आइतबार भएको निर्वाचनमा २ लाख ३८ हजार ५४ जना मतदाताले मतदान  गरेका हुन् ।  

जिल्लाका ४ वटै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य गरी कुल १ सय ६१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा  छन् ।

पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा र क्षेत्र नम्बर ३ र ४ को मतगणना पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव कलवार माविमा गरिनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.