लमजुङमा मतगणना सुरु

लमजुङमा मतगणना सुरु

बेंसीसहर : लमजुङमा सोमबार दिउसो पौने ३ बजेबाट मतगणना सुरु भएको छ। प्रतिनिधिसभातर्फ दुई ठाउँ र प्रदेशतर्फ १/१ ठाउँमा मतगणना गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए।

प्रतिनिधिसभातर्फ दुधपोखरी र क्ब्होंलासोथर गाउँपालिकाको मतगणना गरिएको छ। प्रदेश-१ मा दुधपोखरी र प्रदेश-२ मा क्ब्होंलासोथर गाउँपालिकाको मतगणना गरिएको छ। 

लमजुङमा ६० दशमलव ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

कुल मतदाता एक लाख ३३ हजार ५ सय ५९ मत रहेको लमजुङमा ८० हजार ९ सय १७ मत अर्थात् ६० दशमलव ५९ प्रतिशत मत खसेको हो।

जसमा महिलाको ४२ हजार ९३२ मत र पुरुषको ३७ हजार ९ सय ८५ मत खसेको थियो।

लमजुङमा प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरूङ, नेकपा एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्म केसीसहित ९ जना चुनावी प्रतिस्पर्धामा छन्। 

प्रदेश-१ मा नेकपा एमालेबाट जमीन्द्रमान घले, नेपाली कांग्रेसबाट डा. टकराज गुरूङसहित ५ जना प्रतिस्पर्धामा छन्। 
प्रदेश-२ बाट नेकपा एमालेबाट कृष्णप्रसाद अधिकारी र नेपाली कांग्रेसबाट भेषबहादुर पौडेलसहित ६ जना चुनावी प्रतिस्पर्धामा छन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.