स्याङजा- १ मा मतगणना सुरु
स्याङ्जा: दुई निर्वाचन क्षेत्र रहेको स्याङजाको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । दिउँसो सवा १ बजे मतगणना सुरु गर्ने सर्वदलीय तथा सर्वपक्षीण बैठकले निर्णय गरेपनि तयारी नपुग्दा ढिलाइ भएको हो ।
मतगणना प्रत्यक्ष र समानुपातिक दुबै एकैपटक सुरु गरिएको छ । यहाँ त्रिभुवन आदर्श मावि केन्द्रबाट मतगणना गरिएको हो । यस केन्द्रका संघको मत गणनासँगै प्रदेश 'क' को मतगणना हुने मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले बताए ।
यहाँ क्षेत्र नं १ मा कूल ७१ हजार २७३ मत खस्दा प्रदेश (क) मा ३३ हजार १९८ र (ख) मा ३८ हजार ७५ मत खसेको छ ।
यस्तै क्षेत्र नं २ मा भने मतगणना कति बेला हुने अनिश्चित बनेको छ । गठबन्धनले चार बुथ कब्जा गरेको भन्दै एमालेले पुन: मतगणना हुनुपर्ने दाबी गरेसँगै मतगणना अनिश्चित भएको हो ।
क्षेत्र नं २ मा ६९ हजार ९२८ मत खस्दा कमा ३१ हजार २८६ र ख ३८ हजार ६४२ मत खसेको हो ।