कञ्चनपुर -३ मा रमेश लेखकको सुरुवाति अग्रता
महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका रमेश लेखकले सुरुवाति अग्रता लिएका छन्। ९०० मत गणना हुँदा कांग्रेस उम्मेदवार लेखकले ४७६ मतसहित अग्रता लिएका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निरु पालले २५३ मत प्राप्त गरेकी छन्। तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ।
अहिले भिमादत्त नगरपालिका वडा १,२,३ को मतगणना जारी छ।