मनाङमा एमालेका पोल्देन छेपाङ गुरूङको अग्रता
बेसीसहर: मनाङमा नेकपा एमालेका उम्मेदवार पोल्देन छेपाङ गुरूङले अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङलाई ४९ मतअन्तर पार्दै एमालेका पोल्देनले अग्रता लिएका हुन ।
पोल्देनले २ सय ५८ र टेकबहादुरले २ सय ९ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभामा ४ सय ६९ मत गणना गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।
प्रदेश-१ मा एमालेका राजनबहादुर गुरूङले अग्रता लिएका छन् । ३ सय १८ मत गणना हुँदा राजनले २ सय १८ र नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरूङले ९६ मत प्राप्त गरेका छन् । प्रदेश-२ मा स्वतन्त्रबाट राजीव गुरूङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए ।
मनाङमा ४ हजार ८ सय ४५ मत खसेको छ । मतदाता संख्या ६ हजार ४ सय ९६ थियो ।